• सोमबार, १५ भदौ २०८३
  • images

    कान्तिपुर डेण्टल सेन्टर भरतपुरबाट सञ्चालन

    कान्तिपुर डेण्टल सेन्टर भरतपुरबाट सञ्चालन

    दाँत उपचारको सम्पूर्ण सेवा दिइने

    असोजसम्म १५ प्रतिशत छुट 

    आइतबार, भदौ २ २०८१
    आइतबार, भदौ २ २०८१
    कान्तिपुर डेण्टल सेन्टर  भरतपुरबाट सञ्चालन

    भरतपुर, २ भदौ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले  चितवनको भरतपुर विमानस्थल अगाडि डेण्टल सेन्टर सञ्चालनमा ल्याएको छ । 
    दन्त उपचारको सम्पूर्ण सेवा दिने गरी भदौ १ गतेबाट दन्त उपचाररत केन्द्र सञ्चालनमा ल्याएको हो ।

    कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले  दन्त उपचारको सम्पूर्ण सेवा भरतपुरबाट हुने जानकारी दिए ।
     कान्तिपुर डेन्टलले यसअघि नारायणगढको पुल्चोकबाट  २०६० सालबाट सेवा दिंदै आएको थियो । कान्तिपुरले चितवनमा  दोस्रो शाखाको रुपमा भरतपुरमा दन्त उपचार केन्द्र सञ्चालन गरेको हो ।
     

     अध्यक्ष श्रेष्ठले दन्त उपचारको साधारणदेखि जटिल प्रकृतिका उपचार सेवा भरतपुर सेन्टरबाट दिने दाबी गरे ।

    पूर्ण डिजिटलाइज् प्रणालीमा सञ्चालन हुने उक्त सेवाका लागि ३ डेन्टल सर्जन, ४ डेन्टल हाइजनिष्ट, २ असिस्टेन्ट लगायतका जनशक्ति छन् । उनले आवश्यकता अनुसार अन्य जनशक्ति थप गरी सेवा दिइने बताए ।

    सेन्टरका अध्यक्ष डा.बुद्धिमान श्रेष्ठले अत्यधुनिक प्रविधि सहित संस्थाको आफ्नै भवनबाट सेवा शुरु गरिएको बताए ।‘ हामीले डेन्टल सेक्टरमा लिड गर्न चाहन्छौं र ओरल हेल्थ सम्बन्धी सचेतना जगाउने उद्धेश्य पनि हो ’ डा. श्रेष्ठले भने ।

    उनका अनुसार सीभीसिटी सहित दन्त उपचारको सम्पूर्ण सेवा सेन्टरमा दिइनेछ ।


    सेन्टरमा मुख तथा दांँतको परिक्षण तथा परामर्श, दांँत सफा गर्ने, दांँत निकाल्ने , दांँत भर्ने, जरैदेखि दांँत भर्ने ,शल्यक्रिया गरी दांँत निकाल्ने, कृतिम दांँत राख्ने, दन्त्य प्रत्यारोपण, एक्सरे सेवा दिइनेछ । यस्तै बच्चाको दांँतको बिशेष उपचार, मुखको क्यान्सरको बिशेष परीक्षण,बांगोटिंगो दांँतको उपचार, गिजा सम्बन्धी रोगको बिशेष उपचार , अनुहारको जोर्नी, सुतेको बेला दांँत किट्ने र घुर्ने समस्या लगायतको उपचार गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
    नेपालको सबैभन्दा ठूलो डेण्टल कलेज कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको काठमाण्डौंको बसुन्धारा,सतुङ्गलमा उपचार सेन्टर रहेका छन् ।

    यसैगरी पोखराको न्यूरोड, रुपन्देहीको बुटवलस्थित पुष्पलाल चोक र तिलोत्तमाको भलबारीमा रहेको सेन्टरबाट दन्त उपचार सेवा दिंदै आएको छ। 
     श्रेष्ठका अनुसार असोज महिना भरी सम्म साधारण दन्त उपचारमा १५ प्रतिशत छुट र बिशेष दन्त उपचार सेवामा १० प्रतिशत छुट दिइनेछ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार