• बिहीबार , ५ कात्तिक २०८३
  • images

    चितवनमा कान्तिपुर डेन्टल कलेजको शाखा  

    चितवनमा कान्तिपुर डेन्टल कलेजको शाखा  

    जटिल दन्त उपचारको सम्पूर्ण सेवा उपलब्ध हुने

    बिहीबार , साउन ३१ २०८१
    बिहीबार , साउन ३१ २०८१
    चितवनमा कान्तिपुर डेन्टल कलेजको शाखा  

    चितवन,३१ साउन ।  बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले चितवनमा दोस्रो शाखा सञ्चालनमा ल्याउने भएको छ। 

    यसअघि चितवनको नारायणगढस्थित  पुल्चोक शाखाबाट दन्त उपचार सेवा प्रदान गर्दै आएको (केडीसी)ले दोस्रो शाखा भरतपुर-१० स्थित एयरपोर्ट नजिकैबाट  विस्तार गरेको हो।
    कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा  बुद्धिमान श्रेष्ठले उक्त शाखा मार्फत् भदौ १ गतेदेखी सेवा शुभारम्भ हुने जानकारी दिए।
      

    images

    केडीसीले विं सं २०६० देखी नारायणगढ पुल्चोकमा रहेको शाखा मार्फत् दन्त उपचार सेवा प्रदान गर्दै आइरहेको छ। अध्यक्ष श्रेष्ठले  दन्त उपचार सेवामा उच्चस्तरीय सेवा दिने उद्देश्यले चितवनमा केडीसीको दोस्रो शाखा स्थापना गरेको जानकारी दिए ।

    'हामीले सीबीसिटी सहित सेवा दिने लक्ष्यका साथ चितवनमा दोस्रो शाखा स्थापना गरेको हौं, जुन चितवनमा यसअघि थिएन', उनले भने, 'दन्त उपचारका साधारणदेखि जटिल प्रकारका सबै सेवा यसै शाखा मार्फत् दिइने छ।'

    नेपालमा दन्त स्वास्थ्य सम्बन्धी उपचार गर्ने दक्ष जनशक्तिको अभाव, जनचेतनाको कमी र स्तरीय उपचार गर्ने संस्थाहरुको अभाव अझै पनि रहेको अवस्थाको मध्यनजर गर्दै उक्त शाखा स्थापना गरिएको श्रेष्ठको दाबी थियो । 

    पूर्ण डिजिटलाइज् प्रणालीमा सञ्चालन हुने उक्त सेवाका लागि ३ डेन्टल सर्जन,४ डेन्टल हाइजनिष्ट,२ असिस्टेन्ट लगायत आवश्यकता अनुसार अन्य जनशक्ति थप गरी सेवा दिइने उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार