• सोमबार, १५ भदौ २०८३
  • images

     विकराल बन्दै मुख स्वास्थ्य, ७३ प्रतिशत बालबालिकाको दाँतमा किराको समस्या

     विकराल बन्दै मुख स्वास्थ्य, ७३ प्रतिशत बालबालिकाको दाँतमा किराको समस्या

    मंगलबार, चैत ६ २०८०
    मंगलबार, चैत ६ २०८०
     विकराल बन्दै मुख स्वास्थ्य, ७३ प्रतिशत बालबालिकाको दाँतमा किराको समस्या
    कान्तिपुर डेण्डल अस्पतालमा दाँतको उपचार गराउन लाईन बसेका बालबालिकाहरु


    काठमाडौँ, ६ चैत । साना बालबालिकाहरुमा दाँतको समस्या समस्या विकराल रुपमा देखा परेको छ । 
    अविभावकहरुले सानैदेखि आफ्ना बालबालिकालाई चकलेट लगायतका गुलियो पदार्थ खुवाउँदा बालबालिकाहरुलाई दाँत सम्बन्धि समस्याले विकराल रुप लिएको हो । 
    बिएम फाउण्डेशन र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले गरेको अनुसन्धानमा ७३ प्रतिशत स्कुले बालबालिकाहरुको दाँत किराले खाएको देखाएको छ । 
    बिएम फाउण्डेशनका प्रमुख डा.बुद्धिमान श्रेष्ठले  ९ जिल्लाको ७४ वटा विद्यालयका २४ हजार १५४ जना बालबालिकामा मुख तथा दन्त परीक्षणसहित सर्भेक्षण गर्दा ७३ प्रतिशत बालबालिकाहरुको दाँत किराले खाएको पाइएको हो । फाउण्डेशनका अनुसार १ देखि ९ वर्षसम्मका ५१.२ प्रतिशतमा दाँतको उपचारको पहुँच बाहिर छन् ।
    डा.श्रेष्ठले  पछिल्लो एक वर्षको अवधीमा काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित झापा, स्याङ्जा, काभ्रे, कैलाली, सिन्धुली र नुवाकोटका ५१ वटा निजी र २३ वटा सामुदायिक विद्यालयमा निशुल्क दन्त सम्पन्न गर्दा उक्त नतिजा आएको जानकारी दिए । 
    ती मध्ये  ६८ वटा काठमाडौँ उपत्यकाका विद्यालय थिए । बाहिरका जिल्लाका प्रतिनिधिमुलक भनेर एक एक वटा मात्रै लिएको थियो ।  तर बालबालिकामा दाँत किराले खाने समस्या विकराल देखियो,डा.श्रेष्ठले भने यो विकराल समस्या हो ।” 
    उनले ग्रामिण क्षेत्र मात्रै नभई शहरी क्षेत्रका अभिभावकले समेत बालबालिकाहरुलाई मुख स्वास्थ्य राख्नेबारेमा राम्ररी सिकाउन नसकेको बताए ।

    कार्यक्रममा डेन्टल डा. सुजिता श्रेष्ठले बालबालिकाको दाँतमा किराले खाने समस्या बढेको र बयस्कहरुमा दाँतमा किरासंगै गिजा सम्वन्धी समस्या बढी देखिएको बताईन । उनले दाँतको नियमित सफाई नगर्दा दन्त लेउ लाग्ने र कहिलेकाँही त्यसैबाट दाँतका समस्याहरुले अरु थप बिकराल रुप समेत लिन सक्ने भन्दै सचेत गराईन् । उनले मुख शरीरको दर्पण हो भन्दै मुख स्वास्थ्य रहँदा शरीर समेत स्वस्थ रहने बताईन । उनले मुख र शरीर स्वास्थ्यबीच अन्योन्यास्रित सम्वन्ध भएकोले यसपटक एफडीआई वर्ल्ड डेन्टल फेडरेसनले ‘ह्याप्पी माउथ इज अ ह्याप्पी बोडी’ भन्ने नारामा दिवस मनाउन लागेको बताइन ।


    डा. सुनिता खनालले नेपालमा मुख तथा दन्त स्वास्थ्य सचेतना अझै नपुगेको बताईन् । उनले मुख तथा दन्त स्वास्थ्य समस्या नियन्त्रण गर्न सकिने समस्या भएको भन्दै यसमा व्यक्तिलाई सचेत गराउन जरुरी रहेको बताइन । उनले अहिले पनि थुप्रै बालबालिकाहरु तथा बयस्कहरुलाई दाँत माझ्ने, कस्तो मञ्जन प्रयोग गर्ने ? आदिका विषयमा राम्रो ज्ञान भएको नदेखिएको बताइन ।

    यसैबीच केडीसीले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बुधबार सचेतनामुलक प्रभातफेरीको अयोजना गर्ने बताएको छ । केडीसीका अध्यक्ष डा श्रेष्ठले विहान ८ बजे देखि बसुन्धरा, महाराजगञ्ज, चक्रपथ, बाँसबारी हुँदै बसुन्धरा पुगेर सचेतनामुलक प्रभातफेरी समापन हुने बताए । उनले दिउसो कलेजमा मुख तथा दन्त स्वास्थ्य सम्वन्धी चित्रकला तथा निबन्ध प्रतियोगिता समेत हुने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार