• सोमबार, १५ भदौ २०८३
  • images

    हैजाको प्रकोप फैलियो, आज ९ जनामा हैजा संक्रमण

    हैजाको प्रकोप फैलियो, आज ९ जनामा हैजा संक्रमण

    शुक्रबार, साउन २५ २०८१
    शुक्रबार, साउन २५ २०८१
    हैजाको प्रकोप फैलियो, आज ९ जनामा हैजा संक्रमण

    काठमाडौँ, २५ साउन । काठमाडौँ उपत्यकामा हैजाको प्रकोप फैलिएको छ ।
    तिन साता यतादेखि देशका पाँच जिल्लाका ४७ जनामा हैजा देखिएको  छ । महाशाखाका निर्देशक डा  घिमिरेले पछिल्लो ४८ घण्टामा ललितपुरमा ७ जना, काठमाडौँ र रुपन्देहीमा एक एक जना गरी कुल ९ जनामा हैजा देखिएको बताए । उनले कुल ४७ संक्रमित मध्ये ललितपुरका ३ जना मात्रै अस्पतालमा रहेको समेत जानकारी दिए ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का अनुसार पाँच जिल्लामा ४७ जनामा हैजा पोजेटिभ देखिएको  छ ।

    महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले सबैभन्दा बढी ललितपुरमा ३४ जनामा संक्रमण देखिएको बताए  । त्यसपछि कैलालीमा आठ, काठमाडौँ र प्यूठानमा  २ /२ र रुपन्देहीमा १ जनामा संक्रमण देखिएको हो ।


    यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा रोग रोकथामका लागि १११५ निशुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको बताएको छ ।

    एउटै टोलमा एक साता मित्र ५ जना भन्दा बढी झाडा पखालाका बिरामीहरु देखा परेमा इडिसीडीको टोल फ्रि नम्बर १११५ मा सम्पर्क गर्न भनेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार