• सोमबार, १५ भदौ २०८३
  • images

    थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    हेल्दीखबर
    सोमबार, फागुन ९ २०७८
    हेल्दीखबर
    सोमबार, फागुन ९ २०७८
    थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना बाट ११ हजार ९२५ जनाको मृत्यु भएको छ। यस्तै  पछिल्लो चौबिस घण्टामा देशभर थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  एक हजार २०५ जना निको भएका छन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ८ हजार १४० जनाको नमुना परीक्षण भएकोमा ३८८ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ सय रहेको छ ।
    त्यसैगरी आज  आइसीयूमा १३९ र भेन्टीलेटरमा १९ जना संक्रमित उपचाररत छन् ।
    त्यस्तै चौबिस घण्टामा ८ लाख ७३ हजार ४३८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार