• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    नेपालमा हालसम्मकै धेरै संख्यामा संक्रमित थपिए, एकैदिन १० हजार २५८ जनालाई संक्रमण

    नेपालमा हालसम्मकै धेरै संख्यामा संक्रमित थपिए, एकैदिन १० हजार २५८ जनालाई संक्रमण

    हेल्दीखबर
    मंगलबार, माघ ४ २०७८
    हेल्दीखबर
    मंगलबार, माघ ४ २०७८
    नेपालमा हालसम्मकै धेरै संख्यामा संक्रमित थपिए, एकैदिन १० हजार २५८ जनालाई संक्रमण


    काठमाडौ । नेपालमा कोरोना संक्रमितको संख्या अप्रत्यासित रुपमा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५६२ जना संक्रमणमुक्त भएका छन् । यो संख्या  कोरोना महामारी सुरु भएयताकै एकैदिन पुष्टि भएको सबैभन्दा धेरै हो। यसअघि गत २८ वैशाखमा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
    उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४ हजार ४, भक्तपुरमा ५ सय ७० र ललितपुरमा ९ सय ७५ जना गरी काठमाडौँ उपत्यकामा ५ हजार ५२९ जना थपिएका छन् । 


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी २२ हजार ८२८ वटा नमुना परीक्षण गर्दा १० हजार २५८जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

    images


    हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छन् । आइसीयूमा १ सय ५१ जना भेन्टीलेटरमा २८ जना संक्रमति उपचाररत छन् ।

    त्यस्तै आज कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २४ पुगेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार