• सोमबार, १५ भदौ २०८३
  • images

    एघार  दिनमा १६४ जनामा डेंगु संक्रमण

    एघार  दिनमा १६४ जनामा डेंगु संक्रमण

    बिहीबार , असार २० २०८१
    बिहीबार , असार २० २०८१
    एघार  दिनमा १६४ जनामा डेंगु संक्रमण

    काठमाडौँ, २० असार  । एघार  दिनको अवधिमा थप १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ११ दिनमा थप १६४ जना मा डेंगु संक्रमण पुष्टि भएको हो । 
    देशभर मनसुन सक्रिय भएसँगै डेंगु संक्रमण बढ्न थालेको छ ।
    पुस मध्यदेखि असार ९ सम्म १२ सय ६८ जनामा देखिएको डेंगु असार १९ मा आइपुग्दा १४ सय ३२ जनामा फेला परेको छ । जसअनुसार ११ दिनको फरकमा १ सय ६४ जना डेंगु संक्रमितका नयाँ बिरामी थपिएका छन् । 

    ईडीसीडीले ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ ।  हुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको हो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार