• सोमबार, १५ भदौ २०८३
  • images

    ५४२जनामा कोरोना संक्रमण पुष्टि

    ५४२जनामा कोरोना संक्रमण पुष्टि

    हेल्दीखबर
    बिहीबार , भदौ २ २०७९
    हेल्दीखबर
    बिहीबार , भदौ २ २०७९
    ५४२जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । आज थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार  हजार ९३० जनाको परीक्षण गर्दा ५४२ जनामा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य मन्त्रालयका अनुसार दुई हजार ८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र दुई हजार ८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको हो।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ। पछिल्लो २४ घण्टामा ४२१ जना निको भएका छन्। यो अवधिमा कसैको मृत्यु भएको छैन।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार