लागुऔषध बिक्री गरेको आरोप
काठमाडौँ,३ असार । प्रहरीले गोंगबुस्थित मित्रनगरमा रहेको कविता फार्मेसी सञ्चालिकालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा पालुङटार घर भएकी २५ वर्षीया बिनिता कुमाल छिन् ।
फार्मेसीबाट ६५० ट्रामाडोल लागु औषध ट्याब्लेट बरामद गरिएको रातोपाटीलाई बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले फार्मेसीबाट लागु औषध बिक्री गरेको आरोपमा प्रहरीले बिनितासहित चार जनालाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ पर्नेहरुमा गोरखाको पालुङटार नगरपालिका–४ घर भएका २५ वर्षीया बिनिता कुमाल, भक्तपुरको भक्तपुर नगरपालिका–४ घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय ध्रुव कटवाल छन् ।
बिनिताको नाममा दर्ता भई गोंगबुस्थित मित्रनगरमा सञ्चालनमा रहेको कविता फार्मेसीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।
उनीबारे प्रहरी वृत महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।