• मंगलबार, ३ कात्तिक २०८३
  • images

    चिकित्सकको लाइसेन्स परीक्षामा ५५ प्रतिशत उत्तीर्ण

    चिकित्सकको लाइसेन्स परीक्षामा ५५ प्रतिशत उत्तीर्ण

    बुधबार, जेठ ९ २०८१
    बुधबार, जेठ ९ २०८१
    चिकित्सकको लाइसेन्स परीक्षामा ५५ प्रतिशत उत्तीर्ण

    काठमाडौँ, ९ जेठ । नेपाल मेडिकल काउन्सिलले गत सोमबार देखि सञ्चालन गरेको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५४.६२ प्रतिशत उत्तिर्ण भएका छन् । 
    काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षा दिन एमबीबीएस तर्फ १ हजार ३७१ जनाले फामर भरे पनि परीक्षामा १ हजार ३५६ जना मात्रै सहभागी भएका थिए । उनीमध्ये ७५१ जना ५५.३८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।


    उनले एमबीबीएस तर्फ परीक्षामा १५ जना अनुपस्थित भएको र दुई जनाको वीथ हेल्डमा राखिएको बताए ।

    images


    यस्तै बीडीएस तर्फ ३०१ जनाले परीक्षाका लागि फारम भरे पनि २९९ जना मात्रै परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना ९५१।१७ प्रतिशत० उत्तीर्ण भएका छन् । काउन्सिलले वीडीएसमा दुई जना परीक्षामा अनुपस्थित रहेको जनाएको छ ।

    परीक्षा गत सोमबारबाट आज बुधबार सम्म चलेको थियो ।

    पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा कम्प्युटर विधिबाट भएको परीक्षा सकिएको केही समयमै नतिजा प्रकाशित हुने गर्दछ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार