• सोमबार, १५ भदौ २०८३
  • images

    क्यान्सर अस्पतालमा आगलागी

    क्यान्सर अस्पतालमा आगलागी

    आइतबार, चैत १८ २०८०
    आइतबार, चैत १८ २०८०
    क्यान्सर अस्पतालमा आगलागी

    नेपालगन्ज, १८ चैत ।  सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आगलागी भएको छ ।
    उक्त  आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।
    अस्पतालका कार्यकारी निर्देशक डा.प्रकाशप्रसाद साहले आइतबार अपरान्ह करिब साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट धुवाको मुस्लो निस्किएको बताए ।
    निर्देशक शाहका अनुसार रेडियोलोजी विभागको छुट्टै भवन छ।  नेपालगन्जबाट ढिला गरेर पुगेको दमकल र स्थानीय तथा सुरक्षाकर्मीको सहयोगबाट आगो नियन्त्रणमा आइसकेको छ। 

    आगलागीबाट अस्पतालका विभिन्न उपकरणमा क्षति पुगेको छ। क्षतिको विवरण भने आइसकेको छैन।  क्षतिको विषयमा प्राविधिक टिमले अध्ययन गरेपछि मात्रै थाहा हुने कार्यकारी निर्देशक साहले बताए । विद्युत सर्ट भएर आगलगी भएको अनुमान गरिएको छ। 

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले अस्पतालको सिटी स्क्यान कोठाबाट धुँवा निस्किएको देखिएपछि आगो बढ्दै गएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार