• सोमबार, १५ भदौ २०८३
  • images

    आजबाट फर्मा एक्स्पो सुरु हुने

    आजबाट फर्मा एक्स्पो सुरु हुने

    हेल्दीखबर
    शुक्रबार, फागुन २५ २०८०
    हेल्दीखबर
    शुक्रबार, फागुन २५ २०८०
    आजबाट फर्मा एक्स्पो सुरु हुने

    काठमाडौँ, २४ फागुन । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा चितवनमा आज (शुक्रबार) देखि  ‘नवौं फर्मा एक्स्पो’ सुरु हुने भएको छ । 
     उक्त एक्स्पोको सम्र्पूण तयारी पूरा भएको छ । 

    औषधि उत्पादक संघ (एपोन)का बरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटाले शुक्रबारदेखि सुरु हुने एक्सपोको तयारी पूरा भएको जानकारी दिए । उनले भने, “सम्पूर्ण प्रदर्शक आईसक्नु भएको छ, स्टलहरु तयारी भईसकेका छन् ।” 


     एपोनले शुक्रबार विहान ७ बजे भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रबाट प्रभातफेरी कार्यक्रम आयोजना गर्नेछ । 

    प्रभातफेरीले भरतपुरको विभिन्न भागको परिक्रमा गर्ने कार्यक्रम रहेको छ । एक्स्पोको औपचारिक उद्घाटन बिहान १० बजे हुने बताइएको छ ।

    संघले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ एक्स्पो आयोजना गरेको भन्दै एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा एक्स्पोमा जानकारी पाईने बताए ।

    सर्वसाधारणले नेपाली औषधि कसरी बन्दछ, औषधिको गुणस्तर कस्तो छ रु भन्ने कुरा जान्न र आफ्नो देशका औषधि उद्योगले कसरी अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग गरेका छन् भन्ने कुरा एक्स्पोबाट जानकारी पाउने उनको भनाई छ । बरालले अगाडी थपे, “अझै नेपाली आम नेपालीलाई नेपाली औषधिको गुणस्तर विदेशी जस्तो छैन भन्ने भ्रम छ । एक्स्पोमा अवलोकन गरेपछि त्यो भ्रम निवारण हुन्छ ।”

    एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने मेसिन–उपकरण, ल्याब ९प्रयोगशाला०, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएको छ । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ । एक्स्पोमा प्रदर्शकहरुको चाप धेरै रहेको भन्दै उनले सबैलाई स्टल पु¥याउन नसकिएको बताए ।

    नवौं नेपाल फर्मा एक्स्पो २०२४ लाई सफलतापूर्वक आयोजना गर्नको लागि एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि, ज्ञानसान र स्याम टोयल प्याकेजिङ्ग गोल्ड स्पोन्सरको रुपमा रहेका छन् । यसैगरी सिल्भर स्पोन्सर आदित्य इन्जिनियरिङ र एकुरेट्स मेसिन र कर्पोरेट्स स्पोन्सरमा आस्था इन्टरनेसनल मिडिया सपोर्टमा स्वास्थ्य पत्रकार मञ्च, डिजिटल पार्टनरमा खल्ती डिजिटल, इभेन्ट पार्टनरमा टोयोटा, एथर र टाटा मोटर्स, इभेन्टमा माइस नेपाल रहेका छन् ।

    नेपालको औषधी उद्योगको सबभन्दा ठूलो र महत्वपूर्ण पर्वको रुपमा रहेको यस एक्स्पोको आम सर्वसाधारणसँगै चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी, सञ्चारकर्मी, उद्योगीले गर्नेछन् ।

     

    यसैबीच चितवनमा भोलिदेखि हुने नवौं नेपाल फर्मा एक्स्पो २०२४ को पूर्वसन्ध्यामा आज औषधीजन्य क्षेत्रका जनशक्तिलाई लक्षित गरी अन्तरक्रियात्मक गोष्ठी गरिएको छ । नेपाल औषधी उत्पादक संघको आयोजनामा भरतपुरमा हुन लागेको फर्मा एक्स्पोको विविध कार्यक्रम अन्तर्गत आज फरक –फरक स्थानमा गोष्ठी सम्पन्न भएका हुन् ।

    औषधी उत्पादन क्षेत्रका प्राविधिक जनशक्तिको लागि आज भरतपुरको दियालो फूडल्याण्ड र चितवन मिड टाउन रिसोर्टमा बजार प्रतिनिधिको लागि अन्तरक्रियात्मक गोष्ठी गरिएको हो । एपोनका क्वालिटी सर्कल संयोजक प्रशंसा श्रेष्ठले औषधि उत्पादन क्षेत्रका प्राविधिक जनशक्तिलाई लागि पछिल्लो समय विश्वभर औषधि उत्पादन क्षेत्रमा भइरहेको मेसिन र प्रविधिको विकास बारेमा प्रशिक्षण दिइएको बताइन ।

    सो गोष्ठीमा देशभरबाट आएका विभिन्न औषधि कम्पनीका १५० जनाभन्दा बढी प्राविधिक जनशक्ति सहभागी थिए । यस्तै गोष्ठीमा नेपाल र विदेशबाट आएका मेसिन सप्लायर्स र औषधि उत्पादन क्षेत्रबाट आएका वक्ताहरुले पछिल्लो समयमा औषधि उत्पादनका क्षेत्रमा विकास भइरहेका प्रविधि र मेसिनबारे जानकारी गराएका थिए ।

    औषधि क्षेत्रका बजार प्रतिनिधिसँग पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको एपोनका मार्केटिङ सर्कल संयोजक दिपेश प्रधानले बताए । गोष्ठीमा देशभरबाट आएका ८० जना मेडिकल प्रतिनिधि र ३५ जना क्षेत्रीय म्यानेजरको सहभागिता रहेको थियो । गोष्ठीमा विभिन्न कम्पनीका बजार प्रतिनिधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई संयुक्त रुपमा व्यवसायिक क्षमता अभिवृद्धिको लागि तालिम सहितको छलफल गरिएको थियो ।

    औषधि क्षेत्रको बजार प्रतिनिधीहरुलाई नियमित रुपमा क्षमता अभिवृद्धिको कार्यक्रम गरिएपनि एक्स्पोको अवसरमा संयुक्त रुपमा गरिएको गोष्ठीले एकआपसको कम्पनीको भाइचारा वृद्धि हुने प्रधानको विश्वास रहेको छ ।

    त्यसो त भोलि देखि सुरु हुने एक्सपोकै अवसरमा पनि विभिन्न गोष्ठी, तालीम र अन्तरक्रिया कार्यक्रमहरु हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार