• मंगलबार, ३ कात्तिक २०८३
  • images

    एपोनका पूर्व अध्यक्षलाई पुत्रशोक

    एपोनका पूर्व अध्यक्षलाई पुत्रशोक

    हेल्दीखबर
    शुक्रबार, पुस ९ २०७८
    हेल्दीखबर
    शुक्रबार, पुस ९ २०७८
    एपोनका पूर्व अध्यक्षलाई पुत्रशोक

    काठमाडौ । नेपाल औषधि उत्पादक संघ (एपोन)का पूर्व अध्यक्ष तथा नेपाल फर्मास्युटिकल्स प्रा.लिका प्रमुख महेश गोर्खालीलाई पुत्रशोक परेको छ । 
    एपोनका पूर्व अध्यक्ष गोर्खालीका छोरा तथा डर्माटोलोजिष्ट डा. अनिश गोर्खालीको निधन भएको छ । 
    डा. गोर्खालीको उपचारको क्रममा निधन भएको हो ।   परिवारका अनुसार डा. गोर्खालीको फोक्सोको क्यान्सर तथाका कारण  निधन भएको हो । क्यान्सर संगै उहाँलाई कोभिड पोजेटिभ देखिएको थियो । ग्रण्डी अस्पतालमा उपचाररत गोर्खालीको बिहीबार दिउँसो निधन भएको हो ।कष्मेटिक सर्जन गोर्खाली फोक्सोमा निमोनिया देखिएपछि ग्राण्डी अस्पतालमा भर्ना हुनुभएको थियो।   उहाँ ग्राण्डी सिटी अस्पताल ज्योती भवन कान्तिपथमा कन्सलटेन्ट डर्माटोलोजिष्टका रुपमा कार्यरत हुनुहुन्थ्यो । 
    डा. गोर्खालीका दुई छोरी र श्रीमती हुनुहुन्छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार