काठमाडौँ, २० फागुन । स्वास्थ्य क्षेत्रमा एकिकृत स्वास्थ्य सेवा ऐन आवस्यकता रेको बताइएको छ ।
राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको आयोजनामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्यविद डा गुणनीधि शर्माले
संविधान जारी भएको ८ वर्षसम्म पनि स्वास्थ्य सेवा ऐन जारी नहुनु विडम्वना रहेको बताए । उनले सबै क्षेत्रलाई समेटेर तत्काल एकीकृत स्वास्थ्य सेवा ऐन जारी गनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्वल कुमार शर्माले सरकारले एकिकृत स्वास्थ्य सेवा ऐन तत्काल जारी सरकारले गनुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ अध्यक्ष डा.झलक शर्मा गौतमले स्वास्थ्य सेवा विष्टिकृत र सम्वेदनशिल क्षेत्र भएको हुदाँ छुटै स्वास्थ्य सेवा ऐनको आवस्यकता रहेको बताए । उनले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चता गदैं नागरिकको समतामुलक पहुँच स्थापित गर्न एकीकृत ऐनको आवस्यकता रहेको बताए ।
का साथै स्वास्थ्यमा विभिन्न समुह, उप समुह भएकोले संघ, प्रदेश र स्थानिय तहलाई समावेश गरी एकिकृत स्वास्थ्य सेवा ऐनको आवश्यकता रहेको अध्यक्ष थापाले बताउदै चाडै सम्वन्धित निकाएमा ध्यानआर्षण गराउने बताए ।
राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको केन्द्रीय अध्यक्ष लिलाराम थापाको अध्यक्षतामा भएकोे अन्र्तक्रियामा स्वास्थ्य क्षेत्रको क्रियाशिल टे«ड युनियनहरु र पेशागत संघ÷संगठनहरु नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम, प्रगतिशिल स्वास्थ्यकर्मी महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन , नेपाल निजामती कर्मचारी युनियन, मेडिकल ल्याबोटरी एसोशसएसि, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल डेन्टल साईन्स हाइर्जेनिस्ट एसोशसएसि, नेपाल फिजियोथेरापी संघ, हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल अप्थालमिक असिस्टेन्ट सोसाईटी,नेपाल फार्मेसी संघ, नेपाल सि।एम।ए संघ,योग तथा प्राकृतिक चिकित्सक संघ,नेपाल रेडियोलोज्किल सोसाईटी, नेपाल डेन्टल एसोसिएसन, नेपाल, नेपाल आयुवेद चिकित्सक संघ, नेपाल फमस्यिुटिल एसोसिएसन, नेपाल होमियोप्याथिक एसोसिएसन,नेपाल दृस्टी बिशषेज्ञ संघ, नेपाल नेत्र सहायक परिवार, नेपाल जन स्वास्थ्य संघका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थित रहेको थियो ।