• सोमबार, १५ भदौ २०८३
  • images

    बीपी स्वास्थ्य  प्रतिष्ठानका विद्यार्थी ६ दिनदेखि रिले अनशनमा

    बीपी स्वास्थ्य  प्रतिष्ठानका विद्यार्थी ६ दिनदेखि रिले अनशनमा

    बुधबार, माघ २४ २०८०
    बुधबार, माघ २४ २०८०
    बीपी स्वास्थ्य  प्रतिष्ठानका विद्यार्थी ६ दिनदेखि रिले अनशनमा

    काठमाडाैं, २४ माघ । झण्डै एक महीनादेखि पढाइ नभएपछि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विधार्थी ६ दिनदेखि  रिले अनशन बसेका छन् ।

    शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनका कारण प्रतिष्ठानको पठनपाठन र कामकाज प्रभावित भएको छ । झण्डै एक महीनादेखि पढाइ नभएपछि विद्यार्थीले रिले अनशन शुरू गरेका थिए ।

    प्रतिष्ठानमा ६ दिनदेखि रिले अनशनमा बसिरहेका विद्यार्थीले अब आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।रिले अनशन बसिरहेका विद्यार्थीमध्ये राति अनशन बस्नेको स्वास्थ्यमा समस्या देखिन थालेको छ । चिसोका कारण अनशन बस्ने विद्यार्थी बिरामी पर्न थालेका छन् ।

    बढुवा प्रक्रिया शुरू गर्नुपर्ने माग राखी गत पुस २९ गतेदेखि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले भद्र अवज्ञा गर्दै आएको छ । शिक्षक र कर्मचारीले कामकाज बन्द गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार