रौतहट, १० माघ । तलब नपाएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।
रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरहरु तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन्।
समयमा तलब भत्ता नपाएको भन्दै उनीहरुले इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।
तलब सुविधाको माग गर्दै डाक्टर आन्दोलित भएपछि गौर अस्पतालमा सात गतेदेखि सर्वसाधारणले इमर्जेन्सीबाहेकका सेवा पाउन सकेका छैनन् । जसका कारण उपचारका लागि आएका बिरामीहरु मार्कामा परेका छन् ।