काठमाडौ । मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
विभिन्न माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । अस्पतालले किरिया बिदा, सुत्केरी बिदा नदिएको, न्यूनतम तलबभन्दा कम पारिश्रमिक दिएर काममा लगाएको भन्दै कर्मचारी युनियनले धर्ना दिएका हुन् ।
कर्मचारी युनियनहरुले आफ्ना मागमा प्रशासनले वास्ता नगरेको भन्दै उनीहरुले चार महिनादेखि अस्पताल प्रशासनमा ताला लगाउँदै आएका छन् ।
कर्मचारीहरु पछिल्लो समय तलब वृद्धिको मागलाई मुख्य एजेन्डा बनाएका छन् । मणिपाल प्रशासनले कास्की जिल्ला प्रशासनले दिएको निर्देशनसमेत कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।
मणिपाल इकाई स्वतन्त्र कर्मचारी संघ अध्यक्ष नवराज भण्डारीले कास्की प्रशासनले चुनावअघि नै कर्मचारी युनियनसँग भएका सम्झौता कार्यान्वयन गर्नु र जानकारी दिनु भन्ने पत्र पठाएको पनि वास्ता नगरेको बताउनुभयो ।