• सोमबार, १५ भदौ २०८३
  • images

    सरकारी अस्पतालमा ४४ नर्स र २४ अहेब सहित २७२ जना कर्मचारी माग (सूचना सहित) 

    सरकारी अस्पतालमा ४४ नर्स र २४ अहेब सहित २७२ जना कर्मचारी माग (सूचना सहित) 

    हेल्दीखबर
    बिहीबार , पुस १२ २०८०
    हेल्दीखबर
    बिहीबार , पुस १२ २०८०
    सरकारी अस्पतालमा ४४ नर्स र २४ अहेब सहित २७२ जना कर्मचारी माग (सूचना सहित) 


    काठमाडौं, १२ पुस । मधेस प्रदेशले   ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ । 
    प्रदेश अन्तर्गतका विभिन्न प्रादेशिक अस्पतालका लागि स्वास्थ्यकर्मी माग भएको हो। 
    मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचनाअनुसार पाँचौ तह, चौथो तह र श्रेणीबिहीन कर्मचारी गरी २७२ जना कर्मचारी माग गरिएको हो । 

    करार सेवामा माग गरिएका कर्मचारी मध्ये सबैभन्दा धेरै स्टाफ नर्स ४४ जना माग गरिएको छ । त्यसपछि चौथो तहको अहेब पदमा २४ कर्मचारी मागिएको छ । पाचौँ तहको हेल्थअसिस्टेन्ट र चौथो तहको अनमी १८ जना माग गरिएको छ । 

    श्रेणीबिहीन कर्मचारीमा कार्यलय सहयोगी, सवारी चालक, प्लम्बर, सेक्युरिटी गार्ड लगायतका कर्मचारी प्रदेश स्वास्थ्य निर्दशनालयले मागेको छ ।

    योग्यता पुगेका इच्छुकलाई हिजोको १५ दिनभित्र आवेदन दिन भनिएको छ । माग गरिएका कर्मचारी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनकपुरस्थित प्रदेश अस्तपालबाहेकका लागि रहेको सूचना उल्लेख छ।
    हेरौं सूचना: 

    e807ffaab56f6e8af4733f0843e28ec1.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार