• सोमबार, १५ भदौ २०८३
  • images

    डा.गोविन्द केसीको कारण नेपालको स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको आरोप

    डा.गोविन्द केसीको कारण नेपालको स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको आरोप

    हेल्दीखबर
    आइतबार, पुस ८ २०८०
    हेल्दीखबर
    आइतबार, पुस ८ २०८०
    डा.गोविन्द केसीको कारण नेपालको स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको आरोप


    काठमाडौँ, ८ पुस । नेपालको चिकित्सा क्षेत्र डा. गोविन्द केसीकै कारण डामाडोल भएको आरोप लगाइएको छ । 
    केसीको अनसनबाट विगतका सरकार डराउँदा नेपालको चिकित्सा शिक्षा ‘डामाडोल’ भएको भन्दै प्रमुख तीन पार्टीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नडराई अघि बढ्न सुझाव दिएका छन् ।
    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाजको आयोजनामा  काठमाडौँमा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनको उद्घाटनका लागि पुगेका प्रधानमन्त्री प्रचण्ड समक्ष सोही कार्यक्रममा शुभकामना दिन पुगेका स्वास्थ्यमन्त्री सहित मुख्य पार्टीका नेताहरुले सरकार डा.गोविन्द केसीसंग डराउनु नहुने तर्क गरेका छन् । 

    उनीहरुले चिकित्सा शिक्षा ऐनलाई संसोधन गरी चिकित्सा शास्त्र तर्फ अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि स्वदेशमै पढ्न सक्ने बातावरण मिलाउन समेत आग्रह गरेका छन् ।


    कार्यक्रममास्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन गरेर गुणस्तरीयता र शुल्क निर्धारण गर्ने कुरा सरकारले दह्रो कार्यविधि बनाई अनुगमन गर्नुपर्ने बताए ।उनले चिकित्सा शिक्षा क्षेत्रलाई खुच्याएर राखेर मुलुक अघि बढ्न सक्दैन भन्दै उनले अगाडीे एउटा व्यक्तिले सुत्छु भन्ने वित्तिकै सरकारको खुट्टा काम्ने ? त्यस्तो हुन सक्छ ? त्यसैले अब यस्तो चल्दैन । नेपाललाई मेडिकल हव बनाउने हो भन्ने तर्क पेश गरे । त्यसका लागि प्रधानमन्त्री ज्यू पनि सकारात्मक हुनुहुन्छ । देशका लागि मात्रै होईन विदेशीहरुलाई पढ्न बोलाउने र सरकारले स्वदेश सहित नेपाली दक्ष स्वास्थ्यकर्मी विदेश पठाउने सम्मको योजना बनाउनु पर्छ ।’
    उनले २५ मिनेट लामो भाषण गरेका थिए । 
    उनले आफूलाई दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका विभिन्न देशबाट चिकित्सा शिक्षा पढ्ने बातावरण नेपालमा बनाइदिन आग्रह गरेको समेत सुनाए । ‘हामीले मेडिकल हब बनाउन सक्छौँ । विदेशी डलर भित्र्याउन पनि सक्छौँ । यसबारेमा प्रधानमन्त्री ज्यूलाई मैले भनिसकेको छु र उहाँले आवश्यक संसोधनका लागि अघि बढ्न निर्देशन समेत दिईसक्नु भएको छ । अब ऐन संसोधन हुन्छ,’ मन्त्री बस्नेतले भने ।
    एमाले नेता महेश बस्नेतले डा. केसीको कारण नै नेपालको स्वास्थ्य प्रणाली धरासायी बनेको आरोप लगाए । उनले प्रत्येक वर्ष ३ हजार मिर्गौला फेल हुन्छ । तीन सय बढीको प्रत्यारोपण हुन सक्दैन । आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सकिएको छैन भने ।

    उनले भने,‘अनि यहि देश हो जहाँ मेडिकल एजुकेशन दिन हुँदैन, यहाँ एमबीबीएस पढाउन हुँदैन, नर्सिङ कलेजहरु बनाउन हुँदैन भनेर अनसन बस्ने पनि यहि देश हो । त्यो अनसन बसेको व्यक्तिलाई समर्थन गर्दै विज्ञ र सेलिब्रेटी बन्ने अनि मिडियाबाजी गर्ने देश पनि यहि हो ।

    मेडिकल एजुकेशनका दशौँ विसौँ अर्व विदेश पठाएर मिर्गौला प्रत्यारोपण लगायतका उपचारका नाममा विदेशमा धन राशी पठाएर रमाउने देश पनि यहि हो । यो विषयमा तथ्य सत्य छानवीन नगरी सेलिब्रेटी बन्ने नेताहरु भएको देश पनि यहि हो । यसले देश अगाडी बढ्न सक्दैन । अवस्था भयावह हुँदैछ ।


    नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद राजेन्द्र पाण्डेले डा. केसीसंग सरकार डराउँदा चिकित्सा शिक्षा अस्तव्यस्त बनेको आरोप लगाए ।

    उनले भने, ‘सरकार एउटा व्यक्तिको अनसनसंग डराउँछ । फलानो अनसन बस्छ होला भनेर आफूले बनाएको नीति नियम कार्यान्वयन गर्न डराउँछ । यसरी चल्छ राज्य ?’

    उनले स्वास्थ्य क्षेत्रको प्राविधिक जनशक्ति उत्पादन सबैभन्दा महत्वपूर्ण कुरा हो भन्दै अहिले प्राविधिक जनशक्ति उत्पादन गर्न केही केही बाधा परेको बताए । उनले  यो वर्ष हाम्रो चिकित्सा शिक्षा ऐनलाई निहुँ बनाएर ७३ वटा नर्सिग कलेज बन्द भएको आरोप लगाए । ३२०० बढी नर्सिङ पढ्ने विद्यार्थीहरु विदेशीन बाध्य छन् । केही दिन अघि पाएको तथ्यांकमा एक खर्व ४३ अर्व रुपैयाँ स्वास्थ्य क्षेत्रबाट यसै वर्ष विदेशिने उनको भनाई थियो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार