काठमाडौँ, १७ मंसिर । नेपाल मेडिकल काउन्सिलले लिएको २७ औँ विशेषज्ञ दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५१.३६ प्रतिशत डाक्टर उत्तीर्ण भएका छन् ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा सुप्रभात श्रेष्ठका अनुसार परीक्षामा १८३ जना सहभागी भएकोमा ९४ जना ( ५१.३४ प्रतिशत) उत्तीर्ण भएका थिए । परीक्षामा ८९ जना अनुत्तीर्ण भएका छन् ।
यसअघि गत १२ साउनमा भएको विशेषज्ञ लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत उत्तीर्ण भएका थिए ।
परीक्षामा ६ जनाको परीक्षाका बेला प्रवेश पत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई नआएकोले नतिजा रोक्का भएको काउन्सिलले जनाएको छ ।