• सोमबार, १५ भदौ २०८३
  • images

    मलेरियाको उच्च जोखिममा नरैनापुर गाउँपालिका

    मलेरियाको उच्च जोखिममा नरैनापुर गाउँपालिका

    हेल्दीखबर
    मंगलबार, कात्तिक १४ २०८०
    हेल्दीखबर
    मंगलबार, कात्तिक १४ २०८०
    मलेरियाको उच्च जोखिममा नरैनापुर गाउँपालिका


    नेपालगन्ज, १४ कात्तिक । बाँकेको नरैनापुर गाउँपालिका मलेरियाको उच्च जोखिममा रहेको छ । 
    उक्त गाउँपालिकाका अधिकांश स्थानीय भारतमा किनमेल गर्न जाने तथा आवतजावत पनि बढी हुनेभएकोले मलेरियाको उच्च जोखिममा रहेको हो ।  

    बाँकेको नरैनापुर भारतीय सिमानासँग जोडिएको गाउँपालिका हो । भारतमा मलेरिया लागेका व्यक्ति सिधै नरैनापुरमा आउने गर्दछन् । 
    नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले भारतसंग खुला सिमाना भएको कारणले गर्दा मलेरियाको जोखिम कायमै रहेको जानकारी दिए । भारतबाट मानिसहरु निर्बाध आउनेजाने गर्दछन्,साहले भने,“विगतका रिपोर्टले पनि नरैनापुर गाउँपालिका मलेरियाको उच्च जोखिममा रहेको छ ।”
    उनले गत केही वर्ष यता गाउँपालिकामा हरेक वर्ष लगातार मलेरियाका बिरामी भेटिने गरेको बताए । 

    नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले गत आर्थिक वर्षमा चार हजार ३८४ जनाको मलेरिया परीक्षणका क्रममा १०२ जनामा मलेरिया पुष्टि भएको जानकारी दिए । उनले गत वर्षको तथ्याङ्क अनुसार पनि नरैनापुर मलेरियाको उच्च जोखिममा रहेको बताए । 

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार