• सोमबार, १५ भदौ २०८३
  • images

    ट्रमा सेन्टरका प्रमुख डा  रिजाल  बिरुद्ध अख्तियारमा उजुरी [उजुरी पत्रसहित]

    ट्रमा सेन्टरका प्रमुख डा  रिजाल  बिरुद्ध अख्तियारमा उजुरी [उजुरी पत्रसहित]

    टेन्टर गर्दा आर्थिक लाभ लिएको आरोप

    हेल्दीखबर
    बिहीबार , असोज २५ २०८०
    हेल्दीखबर
    बिहीबार , असोज २५ २०८०
    ट्रमा सेन्टरका प्रमुख डा  रिजाल  बिरुद्ध अख्तियारमा उजुरी [उजुरी पत्रसहित]

    काठमाडौँ, २८ असोज । महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा बद्री रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत्का निकायमा उजुरी परेको छ ।

    डा.रिजालविरुद्ध प्रधानमन्त्री कार्यालय , अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय र स्वास्थ्य मन्त्रालयले छानबिन गर्नुपर्ने माग गरेका छन । यी निकायमा डा.रिजाल विरुद्ध उजुरी पनि परिसकेको छ । 

    सेन्टरका निर्देशक डा. रिजालले ट्रमा सेन्टरमा ब्यापारी संग मिलेमतो गरि  करोडौं पर्ने प्रयोगशालाको टेन्डर मिलाएको आरोप लागेको छ ।
    उनले टेन्टर गर्दा आर्थिक लाभ लिएको, मनोमानी कर्मचारी भर्ना गरेको, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सहमतिविना कर्मचारी भर्ना गरेको आरोप पनि लागेको छ । मेडिकल प्याकेज १ र २ टेन्डरमा सेटिङ गरेर आफुनिकटलाई दिन लागेको  आरोप रिजालमाथी लागेको छ । 
    यस्तै मोडुलर ओटिमा  २ करोड  कमिसन लिएको आरोप लगाउदै कर्मचारीले अख्तियारमा उजुरी दिएका छन् ।  
    उनले आफुनिकटसंग कमिसन लिदै कोटेशनमा दैनिक  सामान खरिद  गरेको,  रोग पत्ता लगाउन प्रयोग हुने ( रगत जाँच) ल्याब( प्रयोगशाला) को कीट , रिएजेन्ट हरु मिलेमतो मा आफुनिकट आरएस भण्डारीको ओम सर्जिकललाई दिएको आरोप पनि रिजालमाथि लागेको छ ।

    अन्य ब्यापारीले बिरोध जनाए पनि प्रमुख डा रिजालले स्वास्थ्य मन्त्रीको नाम लिदै यो टेन्डर अरुलाई नदिने मोडमा रहेको कर्मचारीहरु बताउँछन् ।  रोग पत्ता लगाउने जस्तो गम्भीर ल्याबको लागि गुणस्तरहिन किट  ल्याएर मानव स्वास्थ्य माथि गम्भीर  खेलवाड गरेको आरोप पनि रिजाललाई लागेको छ । यो विषयमा हालसम्म पनि समन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन ।  ट्रमा अस्पतालमा ल्याव , एक्सरेका  कर्मचारी लगायतले  आवाज उठाएका छन । 

    बिरामीलाई निजि  अस्पताल पठाउने , अस्पताल का बेड– बेडमा व्यापारी बोलाएर  अपरेसन सामान खरिदबिक्री गराउने, महङ्गो सर्जिकल समान फार्मेसी राख्ने नगरेको, मन्त्रालय े खरिद एकाई र स्टोर परिवर्तन गर्ने निर्देशन दिए पनि  पुरानै खरिद एकाई र स्टोरमा रहेका व्यक्तिलाई हाल सम्म परिवर्तन गर्न सकेका छैनन् । डा.रिजालले नियमितता गरेको भनी ट्रमा सेन्टरका ल्याव, एक्सरे, ओटी र न्याम्स पदाधिकारी पनि  उनीसग रुष्ट छन् । उनले अन्य टेन्डर पनि खुलाएका छन र सो पनि सेटिङमा आफू निटकलाई दिन लागेको आरोप लागेको छ । 

    उनले  डिसोभन र ओम सर्जिकललाई दिने गरि २०८०-०५-२०मा invitation for Bids no : NTrC/G/NCB/०३-०८०/८१ NCB no :०३ खुलाएका थिए ।  टेन्डर दर्ता गर्ने  अन्तिम म्याद यहि असोज १९ गतेसम्म थियो।   (०६-०८-२०२३  १२:००)  ३४ किसिमको  सो supply and Delivery of lab kits &Reagents  मा आफुनिकट लाई मात्रै हुने गरि र WHO prequalified  भनेर मागे पनि abott determine मात्रै  जापान को who prequalified  छ  । तर रिजालले   abott bioline india को  who prequalified  नभएको लाई दिन abbott  bioline india बाट उद्पादित ABO blood grouping -१००,  सबैभन्दा  बढि HIV१/२ Antibody test  sensitivity >९८ % speificity >९८ %  ८००० kit  HCV Antibody test kit , HBsAG test kit ८०००/८०००  पिस  ,   anti -ab ,  १५० kit  , syphils antibody test VDRL  २५०० पिस , troponine -I १०००  test kit  माग गरेको र सोमा निज निर्देशक डा रिजालले  सो टेन्डर आफुनिकट  डिसोभन र ओम सर्जिकललाई दिई करोडौं कमिसन लिनेतयारी  गरेको आरोप पनि छ । 

    हेरौं उजुरी :

    received_621565793518957.jpegreceived_675921654678010.jpeg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार