• सोमबार, १५ भदौ २०८३
  • images

    मणिपाल शिक्षण अस्पतालमा ६ बुदे सहमती,आन्दोलनका कार्यक्रम स्थगित

    मणिपाल शिक्षण अस्पतालमा ६ बुदे सहमती,आन्दोलनका कार्यक्रम स्थगित

    हेल्दीखबर
    बिहीबार , असोज ११ २०८०
    हेल्दीखबर
    बिहीबार , असोज ११ २०८०
    मणिपाल शिक्षण अस्पतालमा ६ बुदे सहमती,आन्दोलनका कार्यक्रम स्थगित

    पोखरा, ११ असोज ।  बिगत चार दिनदेखि आन्दोलनका कारण सेवा प्रभावित भएको पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरु र मृतकका आफन्तहरुबिच विहीबार ६ बुँदे सहमति भएको छ ।

    सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन् भने बन्द गरिएका अस्पतालका सेवा सुचारु भएका छन् । सहमति अनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाँउ लमजुङको सुन्दरबजारमा वर्षमा एक पटक विशेषज्ञ सेवा सहित स्वास्थ्य सिविर चलाउने, दुरा जातीको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुबै पक्षले सहयोग गर्ने, बिनय गुरुङ उपर दर्ता भएको कसूर मुद्दामा कानूनी रित पुर्याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम आजैदेखि स्थगित गर्न दुबै पक्ष राजी भएका छन् ।

    दुबै पक्षले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्म आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै त्यहाँ कार्यरत चिकित्सकहरुले गत सोमबारदेखि सेवा बन्दको घोषणा गरेर आन्दोलनमा उत्रिएका थिए । लमजुङ सुन्दरबजार वडा नम्बर ६ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएको थियो ।

    दुराको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै डा.अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड समेत गरेका थिए ।

    No description available.

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार