काठमाडौं, २९ माघ । सरकार र नेपाल चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार वीर अस्पताल अगाडि भएको घटनाको विषयमा चिकित्सक संघले आन्दोलन घोषणा गरेको थियो। सहमति संगै संघले सबै आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ।
आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयको संयोजकत्व नेपाल चिकित्सक संघका प्रतिनिधिसँग वार्ता भएको थियो ।
वार्तामा संघका प्रनिनिधि साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति थियो ।
घटनामा संलग्न सुरक्षाकर्मीलाई एक हप्ताभित्र छानबिन गरी कारबाही गर्ने सहमति भएको छ ।
घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने, । नेपाल चिकित्सक संघले अगाडि सारेका आन्दोलनका कार्यक्रम स्थगित गरी काममा फर्कने सहमति भएको छ ।
विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था गर्दा स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रलाई असर नगर्ने गरी कार्यविधि सच्याउन पहल गर्ने पनि सहमति भएको छ।
के भयो सहमति ?
