• सोमबार, १५ भदौ २०८३
  • images

    भारतमा निसास्सिएर ४ जना नेपालीको मृत्यु 

    भारतमा निसास्सिएर ४ जना नेपालीको मृत्यु 

    हेल्दीखबर
    बिहीबार , असोज ४ २०८०
    हेल्दीखबर
    बिहीबार , असोज ४ २०८०
    भारतमा निसास्सिएर ४ जना नेपालीको मृत्यु 

    बैंग्लुरु, ४ असोज  । भारतको बैंगलुरुमा निसास्सिएर ४ जना नेपाली कामदारको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार डोडाबेलाभांगालामा अवस्थित एक पोल्ट्री फर्ममा काम गर्ने उनीहरू एकै परिवारका थिए ।

    मृत्यु हुनेमा ६० वर्षीय काले सरेरा, ५० वर्षीया लक्ष्मी सरेरा, ४० वर्षीया उषा सरेरा र १६ वर्षीया फूल सरेरा रहेका छन् । प्रहरीका अनुसार उनीहरू केही हप्ता अघि मात्र नेपालदेखि त्यहाँ पुगेका थिए ।
    उक्त परिवारलाई पोल्ट्री फार्म नजिकै एउटा सानो झुपडी बनाइएको थियो । त्यहाँ उनीहरूले टिनको भाडामा काठ बालेर लामखुट्टे भगाउन धुवाँ पारेका थिए । तर, उक्त झुपडीमा भेन्टिलेसन राम्रो नभएका कारण अक्सिजनको कमी उनीहरूको मृत्यु भएको जानकारी दिइएको छ ।

    यो घटना गत आइतबार बिहान पत्ता लागेको हो । पोल्ट्रीका मालिकले फोन गर्दा नउठेपछि उनले छिमेकीलाई त्यहाँ के भएको हो भनेर हेर्न पठाएका थिए । छिमेकीले घरमा हेर्दा उनीहरू सुतेकै अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मृत्युको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम भइरहेको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार