• सोमबार, १५ भदौ २०८३
  • images

    गर्भवतीले कोरोनाविरुद्धको भ्याक्सिजन लगाउँदा असर नगर्ने

    गर्भवतीले कोरोनाविरुद्धको भ्याक्सिजन लगाउँदा असर नगर्ने

    भारतमा गर्भवती महिलालाई खोप लगाइने  

    हेल्दीखबर
    शनिबार, असार १९ २०७८
    हेल्दीखबर
    शनिबार, असार १९ २०७८
    गर्भवतीले कोरोनाविरुद्धको भ्याक्सिजन लगाउँदा असर नगर्ने

      भारत । यसअघि गर्भवती महिलाले कोरोना विरुद्धको भ्याक्सिन लगाउदा असर गर्छ भनिन्थ्यो । कोरोना खोपको विकसित रुपसंगै भारतमा गर्भवतीलाई पनि कोरोनाविरुद्ध भ्याक्सिन लगाउन अनुमति दिइएको छ। अहिलेसम्म गर्भवतीहरूलाई भ्याक्सिन नलगाउन सल्लाह दिइएको थियो।
    गर्भावस्थामा भ्याक्सिन लगाउँदा महिलाको स्वास्थ्य तथा भ्रुणमा समेत गम्भिर असर देखिने बताइएको थियो। तर अब नयाँ नियमअनुसार कुनै पनि समयको गर्भवती महिलाले भ्याक्सिन लगाउन सक्नेछन्।
    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्यसमम्बन्धि राष्ट्रिय प्राविधिक सल्लाहकार समूहले गर्भवतीहरूलाई पनि भ्याक्सिन लगाउन सिफारिस गरेको हो।
    अब भारतमा गर्भवती महिलाहरूले पनि भ्याक्सिन लगाउनका लागि अनलाइन फाराम भर्नसक्नेछन् अथवा नजिकैको खोप केन्द्रमा गएर उनीहरूले सिधै खोप लगाउन पाउनेछन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार