३ दिन मिर्गौला प्रत्यारोपण
काठमाडौं, २ असोज । वीर अस्पतालमा हप्तामा ६ दिन शल्यक्रिया सेवा संचालन हुने भएको छ। यही असोज १ गतेदेखि प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सेवा संचालन हुनेछ।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले सातामा तीन दिन युरोलोजीको ओपिडी सेवा संचालन हुने जानकारी दिए। आइतबार, मंगलबार र बिहिबार यूरोलोजी ओपिडी सेवा संचालन हुने छ।
यसैगरी सोमबार, बुधबार र शुक्रबार मिर्गौला प्रत्यारोपण हुने निर्देशक पौडेलले बताए।