• सोमबार, १५ भदौ २०८३
  • images

    चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको ३८ दिनदेखि जारी आन्दोलन स्थगित

    चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको ३८ दिनदेखि जारी आन्दोलन स्थगित

    हेल्दीखबर
    सोमबार, असोज १ २०८०
    हेल्दीखबर
    सोमबार, असोज १ २०८०
    चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको ३८ दिनदेखि जारी आन्दोलन स्थगित

    काठमाडौं, १ असोज । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको आन्दोलन स्थगित गरेको छ ।
    समितिको ३८ दिन देखि जारी धर्ना, अनशन स्थगित गरेको हो ।

    संघर्ष समितिका पदाधिकारीहरुले सोमबार रिले अनशन तोडेका हुन्। मेडिलक कलेज तथा नर्सिङ कलेज सञ्चालहरु ३८ दिनेदेखि माइतीघरमा रिले अनसनमा बसेका थिए।

    स्वास्थ्य सेवा ऐन संशोधन गर्नुपर्ने , सीटीइभीटी मातहतका कलेजमा चिकित्सा शिक्षा आयोगको हस्तक्षेप रोकिनुपर्ने जस्ता माग राखेर संघर्ष समितिले आन्दोलन गर्दै आएको थियो । 

    संघर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने तयारीमा रहेको   आश्वासन मन्त्री बस्नेतले दिएपछि अनशन तोडिएको मन्त्री बस्नेतको सचिवालयले जानकारी दिएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतसहित भएको वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल, अतिरिक्त सचिव डा.विकास देवकोटा, डा. टंक वाराकोटी लगायत सहभागी हुनुहुन्थ्यो। 

    संघर्ष समितिका तर्फबाट संयोजक निर्मल सापकोटा, सहसंयोजक भुवनचक्र जोशी लगायतका हुनुहुन्थ्यो । 

    मन्त्री बस्नेतले संघर्ष समितिले उठाएका जायम मागहरू समाधानका लागि गर्नुपर्ने पहलका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटालाई फोकल पर्सन  तोकिनुभएको थियो ।

    चिकित्सा शिक्षा ऐन संशव्धन गर्नुपर्ने, सीटीइभीटीको पुर्नसंरचना गर्नुपर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरउन्नति गर्दै बाँकीमा तत्काल भर्ना खोल्नु पर्ने, पारामेपडिकल अन्तरगत नर्सिङका विषयहरु चिकित्सा शिक्षाबाट अलग गर्नु पर्ने, बन्द गराइएका नर्सिङ कलेजमा भर्ना खोल्नु पर्ने जस्ता माग संघर्ष समितिको थियो । 

    साउन २७ देखि माइतीघर मण्डलामा समितिको रिले अनसन जारी राखेको थियो । स्वास्थ्य मन्त्री बस्नेतले आफ्ना मागहरुप्रति चासो राखेर अनसन तोडाउने र वार्तामा बोलाउनु सकारात्मक भएको संघर्ष समितिका संयोजक सापकोटाले बताउनुभयो । 

    मन्त्रीसँगको वार्तापछि आफूहरुले उठाएका जायज मागहरु पूरा हुनेमा विश्वास जागेको संर्षष समितिका सहसंयोजक जोशीले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार