हेटौंडा,२७ भदौ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सन्चो अस्पतालमा कार्यरत दुइ चिकित्सकमाथि कुटपिट भएको छ ।
सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीलाई एक युवाहरुको समुहले अस्पतालमा आएर कुटपिट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले डाक्टरमाथि कुटपिट भएको जानकारी दिनुभयो ।
एक महिना अगाडी अस्पतालमा उपचार गर्न लगिएका बिरामीको उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै दुइ जना डाक्टर माथी कुटपिट भएको हो ।
डेङ्गु र स्वास प्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको सन्चो अस्पतालमा उपचार गरिएको र चितवनमा उपचारका क्रममा मृत्यु भएपछी त्यस घटनाको एक महिनापछी डाक्टरमाथी हातपात गरिएको हो । यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ