काठमाडौं । जनमत पार्टीका कार्यकर्ताले बुधबार जनकपुरमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहमाथि कुटपिट गरेका छन् । राष्ट्रिय सभाको निर्वाचन भइरहँदा जनकपुरधामस्थित पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहमाथि उनीहरुले कुटपिट गरेका हुन्।डा शाहको अनुहारमा पनि गहिरो चोट लागेको छ। जनमतका कार्यकर्ताको आक्रमणबाट डा. साहको टाउकोमा चोट लागेको छ। डा. साहको टाउकोमा आठवटा टाँका लगाउनु परेको छ।
जनकपुरबाट कामको सिलसिलामा बर्दिबासतर्फ जाने क्रममा लाठी र भाटासहित प्रदर्शनमा उत्रिएका जनमतका कार्यकर्ताले साहमाथि आक्रमण गरेका थिए।
जनमतका कार्यकर्ताले साह सवार सरकारी गाडीमा पनि तोडफोड गरेर क्षति पुर्याएका छन्।