काठमाडौं, २१ भदौ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अन्जनीकुमार झालाई नियुक्त गरेको छ।
आयोगको उपाध्यक्षको लागि झासहित तीन जनाको नाम सिफारिश भएको थियो।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आयोगको उपाध्यक्षमा डा. झा लाई नियुक्त गरेको हो।
सिफारिस समितिले आयोगको उपाध्यक्षमा ३ जनाको नाम सिफारिस गरेको थियो। जसमा पहिलो नम्वरमा अन्जनि कुमार झा, दोस्रो नम्बरमा डा. प्रविण मिश्र र तेस्रो नम्बरमा डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो। सिफारिस भएका तीन जना मध्येबाट मन्त्रिपरिषद्ले डा. झालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।
झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।
आयोगको उपाध्यक्षका लागि डा. पीयूष दाहाल, डा.प्रमोदकुमार यादव, प्रा.डा. मनेन प्रसाद गोर्खाली, प्रा.डा. विधान निधि पौडेल, प्रा. डा. संगिता सिंह भण्डारी र प्रा.डा. सुमन कुमार श्रेष्ठ गरी नौ जनाले उम्मेदवारी दिनु भएको थियो।
चिकित्सा शिक्षा ऐन, २०७५ मा आयोगको उपाध्यक्ष नियुक्तिको सिफारिसका लागि तीन सदस्यीय समिति रहने व्यवस्था बमोजिम मन्त्रिपरिषद्को साउन १६ गतेको बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गरेको थियो।