काठमाडौं, १५ भदौ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सातौँ नाम दर्ता प्रमाणपत्र परीक्षा केन्द्र परिवर्तन भएको छ।
पुल्चोक इन्जिनियरिङ कलेजमा हुने भनिएको परिक्षा पुल्चोक क्याम्पसका विद्यार्थीहरुले विभिन्न माग राखी आन्दोलन गरिरहेका कारण उक्त केन्द्रमा परीक्षा सञ्चालन गर्ने परिस्थिति नभएको स्वास्थ्य व्यवसायी परिषद्ले जानकारी दिएको छ।
परीक्षा अब बबरमहलस्थित एड्भान्स एजुकेसन एण्ड इनोभेसन रिसर्च सेन्टर, नेपाल औषधी लिमेटेड स्थित परीक्षा केन्द्रमा परीक्षा हुने भएको छ।
आजबाट सुरु भई भदौ २० गतेसम्म चल्ने यस परीक्षाको केन्द्र पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थान, सूचना प्रविधि केन्द्र, पुल्चोकमा तोकिएको थियो।
तोकिएको केन्द्रमा परीक्षा नहुने भएपछि हिजो मात्रै परीक्षा केन्द्र परिवर्तनको निर्णय गरिएको छ।
