• सोमबार, १५ भदौ २०८३
  • images

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु 

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु 

    हेल्दीखबर
    बिहीबार , भदौ १४ २०८०
    हेल्दीखबर
    बिहीबार , भदौ १४ २०८०
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु 

    काठमाडौं, १४ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलाइसिस सेवा सुरु भएको छ। 

    मिर्गौला रोगीलाई केन्द्रित गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार औपचारिक रूपमा उद्घाटन गरेपछि डायलाइसिस सेवा सुरु गरिएको हो।

    सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलाइसिस मेसिन दिएको छ। जसमध्ये दुई मेसिनमात्र प्रयोगमा ल्याइएको छ। बिरामीको चापअनुसार मेसिनहरू जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ।

    हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटिस्क्यान, एक्स–रे, डायलाइसिस, हाडजोर्नी, नसारोग, बालरोग, स्त्रीरोग, नाक, कान, घाँटी र छाला रोगसम्बन्धी सेवा दिइरहेको छ।

    प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले डायलाइसिस सेवा सुरु भएपछि मिर्गौला रोगीले जुम्लामै सेवा पाउने बताउनुभयो। उहाँल्व यस क्षेत्रका नागरिकलाई अब अन्य ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो।

    डायलाइसिस सेवा संचालनको लागि अहिले जनशक्तिको समस्या नभएको उहाँको भनाइ छ।
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार