• सोमबार, १५ भदौ २०८३
  • images

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.निरेश थापा नियुक्त, मंगल रावललाई हटाइयो 

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.निरेश थापा नियुक्त, मंगल रावललाई हटाइयो 

    हेल्दीखबर
    बिहीबार , कात्तिक २५ २०७८
    हेल्दीखबर
    बिहीबार , कात्तिक २५ २०७८
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.निरेश थापा नियुक्त, मंगल रावललाई हटाइयो 

    काठमाडौं । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति डा. मंगल रावललाई हटाएर  निमित्त उपकुलपतिमा डा. निरेश थापालाई नियुक्त गरेको छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहिबार मन्त्रीस्तरिय निर्णय गर्दै डा. थापालाई निमित्त उपकुलपतिको  जिम्मेवारी दिनुभएको हो। 
     उपकुलपति डा. मंगल रावललाई भने स्वास्थ्य मन्त्रालयले दैनिक कामकाजमा रोक लगाएको छ।
    मन्त्रालय श्रोतका अनुसार उपकुलपति रावललाइ हटाइएको छ। 
    मन्त्री खतिवडाले डा. थापालाई अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी थापालाई जिम्मेवारी दिनुभएको हो। 
    ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति) स्तरको निर्णयानुसार अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्ति उपकुलपतिको जिम्मेवारी दिइएको छ,’ पत्रमा भनिएको छ।’
    सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारलाई कामकाज गर्न रोक लगाएपछि प्रतिष्ठानका कर्मचारीले विरोध गरेका छन्। 1636633564606.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार