• सोमबार, १५ भदौ २०८३
  • images

    मेडिकल काउन्सिलको परीक्षा पास गराइदिने  ग्यारेन्टी दिने तीन जना पक्राउ

    मेडिकल काउन्सिलको परीक्षा पास गराइदिने  ग्यारेन्टी दिने तीन जना पक्राउ

    काउन्सिलको लोगो, नाम र प्रश्नपत्र दुरुपयोग गरेको आरोप

    हेल्दीखबर
    बुधबार, असार २७ २०८०
    हेल्दीखबर
    बुधबार, असार २७ २०८०
    मेडिकल काउन्सिलको परीक्षा पास गराइदिने  ग्यारेन्टी दिने तीन जना पक्राउ

    काठमाडौं, २७ काठमाडौं । मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गराउने ग्यारेन्टी दिँदै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

    उनीहरुले पीपीएम नामक इन्स्टीच्युट खोलेर वेभसाइटमार्फत मेडिकल काउन्सिलको अनुमति बिना लोगो, नाम तथा परीक्षाको प्रश्नपत्रको ढाँचा प्रयोग गरेर कक्षा संचालन गरेको पाइएको छ। 
     मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास गराइदिने ग्यारेन्टी भन्दै  मोटो रकम असुलेको आरोप उनीहरुमाथि छ।

    पक्राउ पर्नेमा मादी ४ कास्कीका बिपिन सापकोटा, पोखरा २ कास्कीका आशिष अधिकारी र अन्नपूर्ण ४ कास्कीका नविन पौडेल हुनुहुन्छ ।


    उक्त कार्यमा संलग्न तीन जना भने फरार रहेका छन्। फरार हुनेमा कास्कीकै अनिलमणी भण्डारी, सुस्मिता घिमिरे र सिरहाका मनोज पंडित  छन्। 
    उनीहरुलाई ७ वर्षसम्म कैद र ७० हजारसम्म जरीवाना माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार