रामेछाप ,९ जेठ । शिरिसेस्थित लिखु नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा २९ बर्षिय सुवास कार्कीको मृत्यु भएको छ । सोमबार दिउसो घरबाट करेन्ट जोडेर नदीमा माछा मार्ने क्रममा करेन्ट सट भएर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
करेन्ट लागेका कार्की लाई सँगै रहेका साथीहरुले बचाउने कोशिस गरेपनि घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा कार्कीको निधन भएको बताउनुभयो । उहाँले घटना अनुसन्धान भइरहेको बताउदै खोला तथा नदीमा करेन्ट लगाएर माछा मार्ने काम गलत भएको बताउनुभयो । पराजुलीले ‘करेन्ट आफैमा संवेदनशिल विषय हो, विगतमा पनि माछा मार्ने क्रममा जिल्लाभित्र करेन्ट लागेर केहीले ज्यान गुमाएका छन्, यस घटना पाठ सिक्न जरुरी छ, अब यस्तो घटना दोहोरिन नदिन खोला तथा नदीमा करेन्टको प्रयोग बन्द गर्नुपर्ने बताउनुभयो ।