• सोमबार, १५ भदौ २०८३
  • images

     करेन्ट लागेर वडा सदस्यको मृत्यु

     करेन्ट लागेर वडा सदस्यको मृत्यु

    हेल्दीखबर
    शनिबार, असार ३२ २०७९
    हेल्दीखबर
    शनिबार, असार ३२ २०७९
     करेन्ट लागेर वडा सदस्यको मृत्यु

     पर्वत । करेन्ट लागेर  वडा सदस्यको मृत्यु भएको छ। पर्वत जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दीपक गुरुङको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। गुरुङ गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी हुनुभएको थियो।

    ३९ वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो। प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा ल्याइएको बताउनुभयो छ। कपडा सुकाउने तारमा विद्युतको करेन्ट प्रवाह भएकाले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार