• सोमबार, १५ भदौ २०८३
  • images

    संसदमै अर्धनग्न अमरेश कुमार  सिंहको स्वास्थ्य परीक्षण गर्न माग

    संसदमै अर्धनग्न अमरेश कुमार  सिंहको स्वास्थ्य परीक्षण गर्न माग

    हेल्दीखबर
    सोमबार, वैशाख २५ २०८०
    हेल्दीखबर
    सोमबार, वैशाख २५ २०८०
    संसदमै अर्धनग्न अमरेश कुमार  सिंहको स्वास्थ्य परीक्षण गर्न माग

    काठमाडौं, २५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहको स्वास्थ्य परिक्षण गर्न माग गरेको छ । सभामुख देवराज घिमिरेले बोल्न समय नदिएको भन्दै स्वतन्त्र सांसद सिंह संसदमै अर्धनग्न हुनु भएको थियो । 
    समाभुखको विरोध गर्दै सांसद सिंहले आफ्नो कोट, सर्ट र गन्जी खोलेर अर्धनग्न हुनु भएको थियो ।

    त्यसपछि संसदको आकस्मिक समयमा बोल्दै एमालेका सांसद अच्युतप्रसाद मैनालीले संसदमा अर्धनग्न भएका सांसद सिंहको स्वास्थ्य जाँच गर्न माग गर्नुभएको हो ।
    सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल र अपमानजनक व्यवहार नगर्न अनुरोध गर्दै प्रतिनिधिसभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गर्नुभएको थियो । अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि सभामुख घिमिरेले दिनुभयो । त्यसपछि सिंहले कपडा लगानुभयो ।


    “समाभुख महोदय संसदमा जे गतिविधि देखा परेको छ ,यो लाजमर्दो छ,मैनालीले भन्नुभयो,"हाँ माननीय सदस्यको स्वास्थ्य जाँचको माग गर्छु” । आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै स्वतन्त्र सांसद सिंहले हात उठाउनु भएको थियो । तर, सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलेर विरोध जनाउनु भएको थियोे ।

    त्यससँगै संसदमा अन्य दलका सांसदहरूले समेत बोल्न पाउनुपर्ने माग गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार