काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुग्नुभएको छ । अस्पतालका निर्देशक दिनेश काफ्लेकाअनुसार राष्ट्रपति भण्डारी आज विहान ९ बजे अस्पताल पुग्नुभएको हो र अहिले स्वास्थ्य जाँच चलिरहेको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाकाअनुसार उहाँले पेटको इन्डोस्कोपि गराउनुभएको थियो । राष्ट्रपति भण्डारी ९ दिने भ्रमणका लागि भोलि बेइजिङ जाँदै हुनुहुन्छ । बेल्टएण्ड रोड इनिसिएटिभ बिआरआईको दोस्रो शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेकी राष्ट्रपति भण्डारीले भ्रमणका बेला स्वास्थ्य समस्या नओस् भनेर सजग देखिएको जाँचमा संलग्न एक चिकित्सकले बताउनुभयो ।