• सोमबार, ९ कात्तिक २०८३
  • images

     वीर अस्पतालमा कुरुवा घरको इट्टा खस्दा चार जना घाइते

     वीर अस्पतालमा कुरुवा घरको इट्टा खस्दा चार जना घाइते

    हेल्दीखबर
    आइतबार, वैशाख १७ २०८०
    हेल्दीखबर
    आइतबार, वैशाख १७ २०८०
     वीर अस्पतालमा कुरुवा घरको इट्टा खस्दा चार जना घाइते


    काठमाडौं,१७ वैशाख ।  वीर अस्पतालको कुरुवा घर छेउको  इट्टाको रेलिङ खस्दा चार जना बिरामी कुरुवा घाइते भएका छन्। 

    लगातारको वर्षापछि अस्पतालको कुरुवा घरको  रेलिङ खस्दा चार जना कुरुवा घाइते भएका हुन्। 

    images

     अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले तीन जना महिला र एक जना पुरुष सामान्य घाइते भएको जानकारी दिदै कुरुवा बस्ने घर माथिको छानो र इट्टाको रेलिङ खसेको बताउनुभयो । 

    हिजोदेखि पानी पर्दा छानो र इट्टा खसेको पौडेलको भनाइ छ।

    एक जना कुरुवाको टाउकोमा चोट लागेका कारण सिटि स्क्यान गरिएको छ।
     घाइते चार जनाको अवस्था सामान्री रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार