• सोमबार, १५ भदौ २०८३
  • images

    साउदीमा नेपाली नर्स माग, तलब दुई लाख , लागत शून्य

    साउदीमा नेपाली नर्स माग, तलब दुई लाख , लागत शून्य

    हेल्दीखबर
    बुधबार, वैशाख ६ २०८०
    हेल्दीखबर
    बुधबार, वैशाख ६ २०८०
    साउदीमा नेपाली नर्स माग, तलब दुई लाख , लागत शून्य


    काठमाडौँ, ६ वैशाख । नेपाली नर्सका लागि साउदी नयाँ र उत्कृष्ट गन्तव्यका रुपमा अघि बढ्दै गएको छ । 
    हाल झण्डै छ सयको संख्यामा साउदीमा नेपाली नर्सहरु रहेका छन् । पछिल्लो समय थप दुईसय नर्सको माग आएको छ। 
    बेस मल्टि नेसनल हस्पिटल ग्रुपको डा. सुलिमान अल हबिब हस्पिटल ग्रुप एचएमजीले यो वर्ष २०० नेपाली नर्स माग गरेको हो ।

    मनास्लु इन्टरनेशनल सर्भिसले साउदीमा नेपाली नर्सलाई अवसरबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त हस्पिटलमा  कामका लागि जान चाहने नर्सहरुले डकुमेन्ट खर्च बाहेक अन्य खर्च व्यहोर्न नपर्ने जानकारी  दिएको छ । 

    सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले अस्पतालले एक वर्षको आउन जान टिकट, आवास, शतप्रतिशत कभर मेडिकल इन्स्योरेन्स उपलब्ध गराउने  बताउनुभयो ।  नर्सहरूको लागि भिसा लागत, सरकारी शुल्क, ज्वाइनिङ टिकट र अन्य खर्च पनि अस्पतालले नै व्यहोर्नेछ । बिहीबार मात्रै १४ जना नेपाली नर्स साउदीमा रोजगारीका लागि जादैछन् । 

    नर्सहरुका लागि नर्सिङमा आफ्नो करियर सुरु गर्ने र विश्व स्तरीय अस्पतालमा बहुमूल्य अनुभव प्राप्त गर्ने यो उत्कृष्ट अवसर रहेको श्रेष्ठले बताउनुभयो । 

    उहाँका अनुसार अङ्ग्रेजी भाषा राम्रो भएको, कम्युटरको ज्ञान भएको, २१ वर्ष उमेर पुगेको नर्सले आवेदन दिनसक्ने छन् । यसरी जाने नर्सहरुले मासिक १ लाख २० हजारदेखि २ लाख पाउने श्रेष्ठले जानकारी दिनुभयो। 

    डा.सुलिमान अल हबिब हस्पिटलले विगत एक वर्षदेखि ४० नेपाली नर्सहरूलाई रोजगारी दिँदै आएको छ । साउदी सरकारको मापदण्ड अनुसार नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूसँग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ ।  

    अस्पतालले आफ्ना कर्मचारीहरूको लागि उत्कृष्ट काम गर्ने वातावरण प्रदान गर्न र उनीहरूलाई राम्रोसँग हेरचाहको सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएको छ । 

    कार्यक्रममा साउदीको अस्पतालहरुमा कार्यरत नर्सहरुको पनि सहभागिता थियो । उनीहरुले आफूले मासिक तलव २ लाख सम्म कमाएको जानकारी गराएका थिए । उनीहरुले नेपालमा रोजगारीको अवसर नपाएपछि विदेसिन बाध्य भइरहँदा अष्ट्रेलिया, वेलायत, अमेरिकामा जान लाखौं खर्चन परिरहेको अवस्थामा साउदीमा थोरै खर्चमा जान पाउनु राम्रो अवसर रहेको बताए । 

    सन् २०१९ बाट नेपाली नर्सहरु साउदीका विभिन्न अस्पतालमा कार्यरत छन् ।

    No description available.    No description available.    No description available.    No description available.    No description available.No description available.    No description available.    No description available.    

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार