काठमाडौं । सरकारले ५० हजारभन्दा बढी नेपाली श्रमिक रहेका देशमा एमडीजीपी वा एमबीबीएस गरेका डाक्टरलाई स्वास्थ्य सहचारीको व्यवस्था गर्ने तयारी गरेको छ । स्वास्थ्य सचिव डा.रोशन पोखरेलले एमडीजीपी वा एमबीबीएस गरेका डाक्टरलाई सहचारीका रुपमा पठाउन प्रस्ताव गरिएको डा.पोखरेलले बताउनुभयो।स्वास्थ्य सचिव डा.रोशन पोखरेलले रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीको स्वास्थ्य समस्यालाई समाधान गर्न उक्त कार्यक्रमको प्रस्ताव गरिएको जानकारी दिनुभयो । सचिब पोखरेलले स्वास्थ्य सहचारीको व्यवस्था भएपछि विदेशमा कार्यरत नेपालीहरुको स्वास्थ्य समस्या बुझी समाधान गर्न सहज हुने बताउनुभयो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशमा स्वास्थ्य सहचारीको व्यवस्था गर्ने विषय आगामी आर्थिक वर्ष २०७९ /०८० को नीति तथा कार्यक्रममा समेट्न प्रस्ताव गरेको छ ।
मलेसिया, कतार र साउदी अरबमा स्वास्थ्य सहचारीको व्यवस्था गरी सोही अनुसारको जनशक्तिको व्यवस्थापन गर्न स्वास्थ्यले मन्त्रालयले प्रस्ताव गरेको छ ।