काठमाडौं, १५ भदौ । अमेरिकाको भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव सिग्नल हिल पार्कमा गाडिएको संकेत पाएपछि प्रहरीले खोजी गरेको छ ।
मनासास पार्क प्रहरी र प्रिन्स विलियम काउन्टीको खोज तथा उद्धार टोलीले शुक्रबार राति सिग्नल हिल पार्कमा खोजी गरेको थियो।
प्रहरीले खोजीका क्रममा ममतालाई सिग्नल हिल पार्कमा पुर्याएको सूचना प्राप्त भएको जनाएको छ। भट्टले ममताको शवलाई उक्त पार्क पुर्याईएर कतै गाडेको हुन सक्ने आशंका पछि खोजी गरिएको हो ।
अदालतका कागजातहरूमा प्रहरीले घरमै रगतको आहाल फेला पारेको छ। सार्वजनिक भएको नयाँ तस्विर वाथरुमको हो। जहाँ रगत जमेको देखिएको छ।
श्रीमती बेपत्ता पारेको र शव लुकाएको अभियोगमा उनका पति नरेश भट्ट प्रहरी हिरासतमा छन्।