• सोमबार, १५ भदौ २०८३
  • images

    कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने

    कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने

    हेल्दीखबर
    बुधबार, चैत २९ २०७९
    हेल्दीखबर
    बुधबार, चैत २९ २०७९
    कोशी अस्पतालमा  मिर्गौला प्रत्यारोपण हुने

    काठमाडौं,२९ चैत । विराटनगरस्थित कोही अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु शुरु हुने भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पताल बीच मिर्गाैला प्रत्यारोपण सेवा शुरु गर्ने सहमति भएको छ।

    आज राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. रबिना राज सिंहले संयुक्त सहमति पत्रका हस्ताक्षर गर्नुभएको हो।

    मस्तिष्कमृत्यु पश्चात हुने अंगदान र अंग प्रत्यारोपण पनि गर्ने सहमति भएको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारले जानकारी दिनुभयो।

    डा.पुकारका अनुसार प्रत्याारोपण सेवा सुरु गर्नका लागि भौतिक पूर्वाधार तयार हुँदैछ।

    जनशक्ति विकासका लागि तत्कालै कोशी अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर वनाउन केन्द्रमा तालिममा पठाउने सहमति भएको छ। 

    कोशी अस्पतालको जनशक्ति प्राविधिक रुपमा प्रत्यारोपण गर्न सक्षम नहुँदा सम्म केन्द्रले प्राविधिक जनशक्ति र अन्य प्राविधिक सहोग समेत गर्ने सहमति भएको छ।

    कोशी अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवद्वय डा.रोशन पोख्रेल र देव कुमारी गुरागाँईको पहल रहेको डा.पुकारले बताउनुभयो।

    केन्द्रको पहलमा यसअघि गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र कर्णली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवा शुरु भइसकेको छ। 

    सुदूरपश्चिम प्रदेश अन्तर्गत सेती प्रादेशिक अस्पताल धनगढी र बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल पनि प्रत्याारोपण सेवा सुरु गर्ने सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार