• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य मन्त्री गिरी र विश्व स्वास्थ्य संगठन प्रमुखबीच भेटवार्ता

    स्वास्थ्य मन्त्री गिरी र विश्व स्वास्थ्य संगठन प्रमुखबीच भेटवार्ता

    हेल्दीखबर
    बिहीबार , फागुन ११ २०७९
    हेल्दीखबर
    बिहीबार , फागुन ११ २०७९
    स्वास्थ्य मन्त्री गिरी र विश्व स्वास्थ्य संगठन प्रमुखबीच भेटवार्ता

    काठमाडौँ, ११ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । 
    बिरामी सुरक्षा सम्बन्धि पाँचौ मन्त्री स्तरीय शिखर सम्मेलनमा भाग लिन  स्वीट्जरल्याण्ड पुग्नुभएका गिरीले डा।टेड्रोसको कार्यकक्षमा 
    उहाँसँग भेट गुर्नभएको हो।

    भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको सहयोग लागि धन्यवाद दिनुभएको गिरीको सचिवालयले जानकारी दिएको छ । 

    मन्त्री गिरीको सचिवालयका अनुसार विशेष गरी पोलियोलगायत खोप, कार्यक्रम, विभिन्न प्रकोपको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा गरेको  सहयोगका  लागि धन्यवाद दिनुभयो । 

    साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाप्रति पनि मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्नुभयो । 

    २०७२ सालको भूकम्प, हैजा प्रकोप, कोभिड महामारी र कोभिड खोप नेपालका लागि उपलब्ध गराउन खेलेको भूमिकाका लागि समेत मन्त्री गिरीले धन्यवाद व्यक्त गर्नुभयो। 

    मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधिको प्रतिरक्षा प्रणालीलगायतका क्षेत्रमा आपसी सहकार्य समन्वय गर्ने कुरा राख्नुभयो।

    विश्व स्वास्थ्य संगठनका समन्वय केन्द्रहरू निर्माण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वनका लागि मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका विषयमा समेत भेटमा छलफल भएको मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिनुभयो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार