• शनिबार, ७ कात्तिक २०८३
  • images

    भेरी अस्पतालमा हेमो डायलासिस सेवा सुरु,  स्वास्थ्य मन्त्री गिरीद्धारा शुभारम्भ

    भेरी अस्पतालमा हेमो डायलासिस सेवा सुरु,  स्वास्थ्य मन्त्री गिरीद्धारा शुभारम्भ

    हेल्दीखबर
    आइतबार, माघ ८ २०७९
    हेल्दीखबर
    आइतबार, माघ ८ २०७९
    भेरी अस्पतालमा हेमो डायलासिस सेवा सुरु,  स्वास्थ्य मन्त्री गिरीद्धारा शुभारम्भ

    काठमाडौँ, ८ माघ । मिर्गौलाका बिरामीका लागि भेरीले अस्पतालमा हेमोडाइलासिस सेवा विस्तार गरेको छ । स्वास्थ्य मन्त्री पदम गिरीले भेरी अस्पतालमा विस्तारित हेमो डायलासिस सेवाको उद्घाटन गर्नुभयो । 

    डायलासिस सेवा लिईरहेका ५२ बर्षिय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा सहित स्वास्थ्य लाभको कामना गर्दै मन्त्रीले हेमो डायलासिसको विस्तारित सेवाको उद्घाटन गर्नुभयो  । भेरीमा यसअघि ४ वटा डायलासिस मेसिन थियो ।

    images

    विस्तारित सेवा अन्तरगत थप दुई मेसिन थपिएको छ । त्यसमा एचआईभी तथा हेपाटाइटिसका बिरामीहरुका लागि समेत सेवा दिन सकिने अस्पतालले जनाएको छ ।

    दादुरा प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा नेपालगञ्ज पुगेका मन्त्री गिरीसहितको उच्चस्तरीय टोलीले विहान प्रभावित क्षेत्रको भ्रमण गरेको थियो ।

    अहिले भेरीको डायलासिस कक्ष उदघाटन गरेपछि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षणमा समेत जाने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार