काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को महानिर्देशक पदमा डा टेड्रोस अधानोम गेब्रेयसस पुन निर्वाचित हुनुभएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का सदस्य राष्ट्रहरुले मंगलबार डा. टेड्रोसलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेका छन् ।
डा. टेड्रोस सन् २०१७ मा पहिलो पटक पाँच वर्षे कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । अब उहाँको कार्यकाल थप पाँच वर्षको हुनेछ ।
यसपटक महानिर्देशक पदका लागि डा टेड्रोस मात्र उम्मेद्वार हुनुहुन्थ्यो । स्वीजरल्याण्डको जेनेभामा जारी ७५ औँ विश्व सम्मेलनले उहाँलाई निर्विरोध दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो। मंगलबार निर्वाचित भएपनि डा. टेड्रोसले दोस्रो कार्यकाल आगामी १६ अगष्टदेखि सुरु हुने छ।