काठमाडौँ, ४ माघ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसहित अन्य मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको कार्ययोजना बनाउन ७ दिनको समय दिने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको कार्ययोजना बनाउने र त्यसका लागि ७ दिनको समय दिने निर्णय गरेको हो।
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रममा आधारित भएर सबै मन्त्रालयहरुलाई कार्ययोजना निर्माणका लागि ७ दिनको समय दिने निर्णय भएको जानकारी दिनुभयो ।
पौडेलले सबै मन्त्रालयहरुले कार्ययोजना बनाउने र मन्त्रिपरिषद्मा पेस गरेपछि त्यसकै आधारमा सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएका विषयको कार्यान्वयनलाई अगाडि बढाइने बताउनुभयो ।