काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा एमालेबाट प्रतिनिधि सभा निर्वाचनमा पर्वतबाट निर्वाचित सांसद पदम गिरीले सपथ लिनुहुने भएको छ। सत्ता समीकरणमा रहेका दलले भागवण्डामा स्वास्थ्य मन्त्रालयले नेकपा एमालेले पाएपछि गिरिलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएको हो।
आफुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएको गिरिले जानकारी दिनुभयो।
यसअघि स्वास्थ्यमा दामोदर भण्डारीले जिम्मेवारी लिने चर्चा थियो। स्वास्थ्य राज्यमन्त्रीमा भने स्वतन्त्र बाट डा. तोसिमा कार्की बन्ने निश्चित भएको छ।