• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्यमन्त्रीको जिम्मेवारी रामकुमारी झाँक्रीलाई !

    स्वास्थ्यमन्त्रीको जिम्मेवारी रामकुमारी झाँक्रीलाई !

    हेल्दीखबर
    शुक्रबार, असोज २२ २०७८
    हेल्दीखबर
    शुक्रबार, असोज २२ २०७८
    स्वास्थ्यमन्त्रीको जिम्मेवारी  रामकुमारी झाँक्रीलाई !

     काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिइदैछ। नेकपा एकीकृत समाजवादी पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको छ।  
    बिहीबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीले पाउने निर्णय गरेको थियो। 
    गठबन्धनमा सहभागी दलहरुले मन्त्रालयको भागबण्डा मिलेपछि एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। बिहीबारको निर्णयानुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीकी सचिव समेत रहेकी नेता झाँक्रीले पाउदै हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार